बाढी प्रभावितलाई सिक्किम सरकारको राहत सामग्री

काठमाडौं,
भदौ १९ ।

नेपालमा विनाशकारी बाढी प्रभावित नागरिकको सहयोग, पुनस्र्थापन र पुनर्निर्माणका लागि स्वदेशका साथै विदेशबाट पनि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । सोही क्रममा सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण गरेको छ ।

सिक्किमका मुख्यमन्त्री पिएस गोलेमार्फत् आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस र स्लिपिङ ब्यागलगायतका सामग्री वितरण गरेको हो । टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गर्नुभएको छ । विपद्का कारण प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ ।

राहत अभियानमा नवप्रवर्तन तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन, नेपाली कांग्रेसका संघीय सांसद सन्दीप राणा तथा युवा व्यवसायी टीका भण्डारीले समन्वय गर्नुभएको थियो । राहत टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरमा आवश्यक समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्सका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको सम्बन्ध र सहकार्र्य थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो । सिक्किमका पूर्वमुख्यमन्त्रीले जस्तै भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीलाई माया गरेझंै हालका मुख्यमन्त्री पिएस गोले तामाङले अल इण्डियामा बसोबास गर्ने नेपालीहरूको अभिभावकीय भूमिका निभाउँदै निकट भविष्यमा थप राहतसहित नेपाल आगमन हुने जानकारी टोलीको नेतृत्वकर्ता सोनाम नोर्गे लाचुम्पाले गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार