काठमाडौं,
फागुन २२ ।
समधुर स्वर मार्फत स्रोता/दर्शकको मन मस्तिकमा राज गर्न सफल छन् गायक समिर आचार्य । विभिन्न सास्कृतिक कार्यक्रम, मेला महोत्सब तथा अन्य कार्यक्रममा व्यस्तता बढाउदै गएका गायक आचार्यले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । समिर एक दशकदेखि अष्ट्रेलियामा रहेर साङ्गीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन् ।
विदेशमा रहेर पनि उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफनो बेग्लै छवि बनाएका हुन् । उनले स्वर दिएका गीतहरु सङ्गीतप्रेमी माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । ‘दुनियाँ वेग्लै छ…’, ‘हैन भन्देउ न माया…’ ‘पिच रोड…’, ‘लभ लेटर…’ ‘घाममा सुकाइदेउ…’, ‘उमेर अन्तर…’ ‘ठुम्का…’ ‘रेल गाडी…’ ‘सानोमा सानो…’ ‘माछी खोलामा…’ जस्ता दर्जनौ हिट गीत गायर विदेशबाटै नेपाली साङ्गीतिक दुनियाँमा परिचय बनाइसकेका समिर आचार्य संसारभर छरिएर बसेका नेपालीबीच अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।
लामो समयदेखि निरन्तर नेपाली सुगम सङ्गीतमा आफुलाई स्थापित बनाउन सफल उनी भर्सलटाइल गायकका रुपमा चिरपरिचित छन् । समिरलाई आजकल स्टेज किङ पनि भनेर पनि चिनिन्छ सरल स्वभावका सधै हासेर बोल्ने मिठो सुमधुर आवाजको धनी समिरले दर्जन भन्दा बढी राष्ट्रिय अवार्ड र सम्मान समेत पाइसकेका छन् ।
नेपाली आधुनिक गीत, गजल, लोकपप तथा चलचित्र सबै क्षेत्रमा उनको समधुर स्वर सुन्न सकिन्छ । यसअर्थ पनि उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायक भन्न सकिन्छ । साच्चै उनीमा हरप्रकारको गीत गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छन गीत सङ्गीत मेरो प्राण हो, सङ्गीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।






