मिहिनेत, लगनशील अनि निरन्तरताले नै सफल भईन्छ : पार्वती रावल, गायिका

पिता हरिलाल रावल र माता तिल्सरा रावलको कोखबाट २०४९ सालमा सल्यान जिल्लामा जन्मिनुभएकी पार्वती रावल सानैदेखि गीत सङ्गीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । स्कुल र समूहहरूले गर्ने गायन प्रतियोगीतामा भाग लिदै जादा उहाँलाई भबिस्यमा गायिका बन्छु भन्ने भयो र त्यही अनुसार आफूलाई अगाडी बढाउनुभयो । ‘चरीले गुड सार्‍यो बनभरि’, ‘औठी तोलाको’, ‘मायाको ब्यापारी’ जस्ता गीत उहाँका चर्चामा छन् । मिहिनेत, लगनशील अनि निरन्तरताले नै सफल भईन्छ भन्ने मान्यता राख्ने पार्वती रावलसँग मिलापका लागि किरण अधिकारीले गर्नुभएको संवाद :-

के गर्दै हुनुहुन्छ, आजकाल ?
गीतसङ्गीतको अलावा आफ्नो दैनिक कार्यमा व्यस्त छु । तीजले छोपेको छ तीजको कार्यक्रमको तयारीमा छु ।

यो क्षेत्रमा कहिलेदेखि र कसको प्रेरणाले आउनुभयो ?
एक दशक पार गरियो । सानैदेखि गाउने नाच्ने रुचि निकै थियो । स्कुलमा लोकगीत प्रतियोगीतामा प्रथम द्वितिय हुन थालेदेखि गायिका बन्ने रहर पलायो । आदरणीय अग्रज कलाकार पुरुषोत्तम न्यौपाने दाजुले झनै हौसला दिनुभयो ।लोकदोहोरीको धरोहरको हौसला पाएपछि झन् मलाई आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्यो ।

अहिलेसम्म कति गीतहरू गाउनुभयो, अभिनयमा रहर भएन ?
मेरा हालसम्म आधा दर्जन लोक तथा दोहोरी गीतहरू बजारमा छन् । मोडलको रुपमा अभिनय चै अहिलेसम्म गरेको छैन तर गर्ने रहर छ । आफ्नै गीतहरूमा लिप्सिङ भने दिएको छु । समयले साथ दियोभने अभिनय पनि गर्नेछु ।

फरक प्रसङ्गमा जाउ, यो क्षेत्रमा महिलाहरूमाथि शोषण हुन्छ भन्ने सुनिन्छ ? तपाईंको विचार दिनुहोस ?
शोषण त महिला पुरुष जो कोही पनि हुन सक्छन सुनेको चै छु भोग्न परेको छैन र नपरोस पनि । अर्को कुरा आफू राम्रो भए यस्ता कुरा भोग्न पर्दैन । आफू भलो जगत भलो नै हो यो कुरामा ।

कलाकार हुन् के कुराको आवस्यक पर्छ, रुप र पैसा भए पुग्छ भन्ने कुरा छ, बास्तबिक कुरा के हो ?
आफू पनि राम्रो कलाकार बन्न सिक्दै छु मेरो भोगाई अनुसार कला गला अभिनयको साथै लगनसिलता, मिहिनेत , अनुशासन र निरन्तरता नभै नहुने चिज हो । रुप सबैको हुन्छ कहाँनेर कस्को रुपको आबश्यकता पर्छ त्यो सुहाउदो हुनुपर्छ । पैसा त हातको मैला हो आज तपाईंसँग होला भोलि मसँग पर्सि अर्कोसँग घुमिरहन्छ । अर्को कुरा रुपले मात्र अनि पैसाले मात्र कलाकार हुने भए सबै हुन्थे रुप सबैको हुन्छ कहाँनेर कस्को रुपको आबश्यकता पर्छ । त्यो सुहाउदो हुनुपर्छ ।

नयाँ आउने कलाकारलाई के भन्न चाहनुहुन्छ ?
मैले जाने बुझेको सिकाउने कोसिस गर्छु र स्वागत गर्छु किन कि म चै खुशी नै छु । त्यस्तै नबुझिकन हचुवाको तालमा यो क्षेत्रमा न आउनुहोस पनि भनेर सम्झाउन चाहन्छु ।

गीतसङ्गीतले तपाईंलाई के दियो र आफूले के दिए भन्ने लाग्छ ?
धेरै दर्शकहरूको माया, हौसाला पाएकी छु अनि सामान्य पार्वती रावललाई गायिका बनाएको छ । मैले मेरो समय, प्रतिभा दिएकी छु तर पनि म घमन्ड गर्दिन सोचे अनुसार मैले दिन सकेको छैन ।

यो क्षेत्रमा लागेर कतिको सन्तुस्ट हुनुहुन्छ ?
स्वस्थ छु, कर्म गरिरहेकै छु, हार खाएको छैन । आफूले रोजेको क्षेत्र हो सन्तुस्ट नहुने कुरा भएन ।

प्रेम के हो तपाईंको विचारमा, कतिको प्रेम प्रस्ताब आउछ ?
सबैको आ-आफ्नै परिभाषा छ । म चाही कोही कसैप्रति गरिने निस्वार्थ भाबको कर्म नै प्रेम भन्छु । यो एक दुःख सुख बाध्ने कुरा पनि हो । प्रेमको परिभाषा दिन गाह्रो छ जस्तो लाग्छ मलाई । प्रेम प्रस्तावको बारेमा भन्दा नआउने हैन आउछ । तर, अहिले मेरो ध्यान त्यता छैन । मेरो लक्ष्य र उद्देश्य पूरा गर्नुछ पहिला ।

सेक्स के हो तपाईंको विचारमा ?
यो शब्द हाम्रो समाजमा सुन्ने बितिक्कै नराम्रो सोच भनिन्छ । तर, यो एउटा शृष्टि चलाउने माध्यम हो मेरो बुझाईमा ।

आगामी योजना के छन् तपाईंको ?
भनेर गर्नु भन्दा पनि नभनीकन योजना बनाउने अनि सफल भएपछी मात्र भन्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई । तर गीत सङ्गीत र जीवनलाई माथि उठाउने नै हो मेरो योजना ।

यसमा तपाइको मत

अन्य समाचार