काठमाडौं,
भदौ १५ ।
सामरी इन्टरनेशनलको आयोजनामा भएको ‘जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित फिनालेमा आयना राईले मुख्य उपाधि जित्नुभएको हो । २३ जना बालप्रतिभा सहभागी प्रतियोगितामा एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा विद्या खत्री पाँचौं रनरअप घोषित हुनुभयो ।
विशेष उपाधितर्फ एञ्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि हात पार्नुभयो । वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्य तथा सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका पहिलो सेफ गोविन्द नरसिंह केसी तथा गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक सीताराम पोखरेलको विशेष आतिथ्यता थियो । प्रतियोगिताको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाही रहनुभएको थियो ।
सोही अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थालाई ‘नेपाल एक्सेलेन्सी अवार्ड’बाट सम्मान गरिएको थियो । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएकी वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यस्तै, कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेष्टुरेण्ट तथा फेशन डिजाइनर दिलमाया मगरलाई ‘नेपाल एक्सेलेन्सी अवार्ड’बाट सम्मान गरिएको थियो ।
कार्यक्रमले बालबालिका तथा युवा प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको आयोजक सामरी इभेन्ट्सका प्रमुख भरत सामरीले बताउनुभयो ।







