काठमाडौं,
भदौ ४ ।
कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको उद्घाटन अभिनेत्री रेखा थापाले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा सेन्टरका सेवा, उद्देश्य तथा छाला र सौन्दर्यसम्बन्धी उपचार तथा परामर्शबारे जानकारी दिइएको थियो ।
आधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत सेवाग्राहीलाई सहज, सुरक्षित तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालकले जनाएको छ ।
उद्घाटन गर्दै रेखा थापाले सेन्टरको सफलताको शुभकामना दिँदै स्वास्थ्य तथा सौन्दर्य दुवै क्षेत्रमा गुणस्तरीय सेवा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सेवाग्राहीको विश्वास जित्दै सेवा विस्तार गर्न सफल हुने अपेक्षा व्यक्त गर्नुभयो ।
कलंकी तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सेन्टरले आगामी दिनमा सेवाको दायरा विस्तार गर्दै ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा उपलब्ध गराउने जनाएको छ ।







