असोज २ गतेदेखि ‘माया बस्छ कि क्या हो !’

काठमाडौं,
भदौ ५ ।

चलचित्र ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । राजु अधिकारी निर्देशित चलचित्र असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

सार्वजनिक पोस्टरमा नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलालाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ । प्रेम, सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको चलचित्रको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड्सलगायत युरोपेली मुलुकमा गरिएको छ ।

शरद अधिकारीको प्रस्तुति तथा बहादुरसिंह तामाङको निर्माण रहेको चलचित्रमा सोनाल र कस्मतासहित नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगातका कलाकारको अभिनय छ ।

आरती अधिकारी आचार्यको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, रामप्रसाद चौधरीको सम्पादन र रवीन्द्र बरालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्रको वितरण नेशनल सिने ग्रुपले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार