पल र स्मृतीको अभिनयमा ‘भिडमा पनि…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ९ ।

पल शाह र स्मृती श्रेष्ठको अभिनय रहेको गीत ‘भिडमा पनि…’ सार्वजनिक गरिएको छ । बिधान कार्कीको निर्देशनमा तयार भिडियोमा पल र स्मृतीको प्रेम लार्इ रोमान्टिक तवरमा देखाइएको छ ।

गीतकार अम्बिका गुरुङको शव्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको सुमधुर सङ्गीत रहेको छ भने सङ्गीत संयोजन उदयराज पौडेलको रहेको छ । गीतमा सुमन केसी र बिद्या तिवारीको स्वर रहेको छ ।

भावसागर इन्टरटेनमेन्ट र नेपसिनेले संयुक्त रुपमा निर्माण प्रस्तुत गरेको हो । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन र रेनीस फागोको रंग संयोजन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार