नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नीति शाह

काठमाडौं,
भदौ २६ ।

पूर्वमिस नेपाल इन्टरनेशनल तथा अभिनेत्री नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । टेलिकमले बिहीबार उहाँलाई मनोरञ्जन क्षेत्रतर्फको ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

ब्रान्ड एम्बेसडरका रूपमा नीतिले स्वदेश तथा विदेशमा रहेका नेपाली ग्राहकबीच नेपाल टेलिकमका सेवा-सुविधाको प्रचारप्रसार गर्नुका साथै कम्पनीका ब्रान्ड प्रवद्र्धनसम्बन्धी गतिविधिमा सहभागिता जनाउनुहुनेछ । नीतिसँगको सहकार्यले युवापुस्तासहित आम ग्राहकसँग कम्पनीको सम्बन्ध थप मजबुत हुने टेलिकमले जनाएको छ ।

नियुक्तिपछि नीतिले नेपाल टेलिकमजस्तो ठूलो दूरसञ्चार संस्थासँग जोडिन पाउँदा उत्साहित रहेको बताउँदै कम्पनीका सेवा-सुविधाबारे सकारात्मक सन्देश प्रवाह गर्न सक्रिय भूमिका खेल्ने बताउनुभयो ।

नीतिले २०८१ सालमा प्रदर्शन भएको चलचित्र ‘खबुरे ब्रो’बाट अभिनय यात्रा सुरु गर्नुभएको हो । उहाँको व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ हो । यसै वर्ष उहाँको चलचित्र ‘जदौ’ असोज ९ गते प्रदर्शनमा आउँदैछ भने ‘माया भनेकै यस्तो होला’ पनि प्रदर्शनको तयारीमा छ ।

यसमा तपाइको मत

अन्य समाचार