काठमाडौं,
भदौ २६ ।
नेपाल चलचित्र कलाकार संघकी केन्द्रीय कोषाध्यक्ष तथा अभिनेत्री तेजुला खतिवडा नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धनसँगै संघको संस्थागत विस्तारमा सक्रिय देखिनुभएको छ ।
कलाकारको सामाजिक सुरक्षा र विदेशमा शाखा विस्तारलाई प्राथमिकता दिँदै आउनुभएकी खतिवडा यतिबेला युरोप भ्रमणमा हुनुहुन्छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा नेपाली कला-संस्कृतिको प्रचार-प्रसार गर्ने उद्देश्यले उहाँ स्विट्जरल्यान्ड, जर्मनीहुँदै बेलायत पुग्नुभएको हो ।
भ्रमणका क्रममा विभिन्न गोष्ठी तथा सांस्कृतिक आदान-प्रदान कार्यक्रममा सहभागी भइरहेको उहाँले बताउनुभयो । खतिवडाले बेलायतमा लोकप्रिय गायक दुर्गेश थापा, बद्री पंगेनी र गायिका समीक्षा अधिकारीसँग समेत सहकार्य गर्नुभएको छ ।
विभिन्न कार्यक्रम सम्पन्न गरेपछि खतिवडा १३ सेप्टेम्बर, आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।







