काठमाडौं,
भदौ २१ ।
गीतकार वसन्त वित्यासी थापाको शब्दरचना रहेको नयाँ तीज गीत ‘यसपालीको तीजमा जान्न माइत’ सार्वजनिक भएको छ । करुणा गन्धर्वको स्वर रहेको गीतमा खड्ग गन्धर्वले संगीत दिनुभएको छ । तीजको मौलिक भाव र सामाजिक परिवेशलाई समेटिएको गीतमा माइती र चेलीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ ।
रुबिन काउछा मगरले गीतको मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ । गीतको लिरिकल भिडियो भकारी एमडिसीको बेस्ट टोन म्युजिकमार्फत श्रोता तथा दर्शकमाझ सार्वजनिक गरिएको हो ।
तीज पर्व नजिकिँदै गर्दा सार्वजनिक गरिएको उक्त गीतले नेपाली मौलिक संस्कृति, चेली–माइतीको सम्बन्ध तथा तीजसँग जोडिएका भावनालाई गीतमार्फत प्रस्तुत गरेको छ ।







