जुनियर सुपर मोडलको ट्यालेन्ट राउन्ड सम्पन्न, २३ प्रतियोगी ग्रान्ड फिनालेमा

ललितपुर,
भदौ ८ ।

बालबालिका तथा किशोरकिशोरीमा रहेको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको ‘जुनियर सुपर मोडल इन्टरनेशनल नेपाल-२०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

ललितपुरको इमाडोलस्थित आगन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट राउन्डमा सहभागी प्रतियोगीहरूले गायन, नृत्य, कला तथा विभिन्न सिर्जनात्मक प्रस्तुति दिँदै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगीहरूको प्रतिभा तथा प्रस्तुतिको मूल्याङ्कन गर्न मनोरञ्जन, फेसन, सञ्चारमाध्यम र सौन्दर्य प्रतियोगिताका क्षेत्रमा सक्रिय व्यक्तित्व सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायकमा मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६ की तेस्रो रनरअप गंगा न्यौपाने, सञ्चारकर्मी तथा गायक सुमनकुमार श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६ की प्रथम रनरअप नुमा फुङ सुब्बा, फेसन डिजाइनर सञ्जिता बराल, नृत्य कोरियोग्राफर रिना श्रेष्ठ तथा र्‍यापर एवं सामरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भरत सामरी रहनुभएको थियो ।

कार्यक्रमको सञ्चालन मिस एन्ड मिसेस नेपाल इन्टरनेशनलकी भ्युअर्स च्वाइस विजेता तीर्थकुमारी मगर र फेसन कोरियोग्राफर अर्शु महर्जनले गर्नुभएको थियो । कार्यक्रममा रोजी श्रेष्ठ र रोशन श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको आधिकारिक फोटोग्राफी तथा भिडियोग्राफी एनसीए फोटो स्टुडियोका सञ्जय श्रेष्ठ, विजय मुनीकार र सुजन कपालीको टोलीले गरेको थियो ।

ट्यालेन्ट राउन्डपछि स्वदिक्ष्या बस्नेत, गंगा सुनुवार, जीनियस प्रसाईं, सृजल नापित, युबिया महर्जन, आयुषा थारू, अस्मिता ठाकुर, विद्या खत्री, युनिक धामी, स्वीकृति महर्जन, आयाना राई, एन्जेलिना राई, अंकित भण्डारी, अनमोल परियार, अनन्या पुरी, सुम्निमा राई, प्रणिता गौतम, प्रवाणी गौतम, प्रगति आचार्य, अंशु भण्डारी, सोनी तामाङ, सृष्टि तामाङ र प्रशंसा रिजाल गरी २३ जना प्रतियोगी ग्रान्ड फिनालेका लागि छनोट हुनुभएको छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले यही शनिबार भदौ १३ गते काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुने आयोजकले जनाएको छ । फिनालेमा २३ जना प्रतियोगीले आफ्नो अन्तिम प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व तथा सुपरमोडल क्षमता प्रदर्शन गर्नेछन् ।

सामरी इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिता सौन्दर्य तथा फेसन प्रदर्शनमा मात्र सीमित नभई बालबालिका तथा किशोरकिशोरीमा रहेको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्दै नयाँ पुस्ताका सपनालाई मञ्च प्रदान गर्ने अभियानका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ । आयोजकले ग्रान्ड फिनालेमा प्रवेश गरेका सबै २३ जना फाइनलिस्टलाई सफलताको शुभकामना दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार