‘युग’को वर्कसप

काठमाडौं,
भदौ ८ ।

हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने चलचित्र ‘युग’ को वर्कसप धमाधम चलिरहेको छ । वर्कसप पुरा भएलगत्तै चलचित्रको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडाले जानकारी गराउनुभयो ।

चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ । चलचित्र सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले लगानीमा बन्नेछ ।

सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा, लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमार्फत फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा डेब्यु गर्दैहुनुहुन्छ । साथै मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गर्दैहुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार