मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

काठमाडौं,
भदौ ८ ।

१९औँ संस्करणको मिस नेवाः नेपाल ११४६ को उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जित्नुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । उहाँले बेस्ट नेपालभाषाको उपाधि पनि जित्दै थप १० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप बन्नुभयो । उहाँहरूले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा भएको प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट, हिमानी प्रधान मिस पब्लिक च्वाइस र प्रिस्टिन अवाले बेस्ट ड्रेस घोषित हुनुभयो । शिक्षा महर्जनले मिस कल्चर तथा निश्ला महर्जनले मिस पर्सनालिटीको उपाधि जित्नुभयो ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतना प्रवद्र्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार