काठमाडौं,
भदौ ८ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित हुनुभएको छ । आइतबार अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न निर्वाचनमा अनिलले ८५ मतमध्ये ६३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो उहाँका प्रतिस्पर्धी साहित्यकार निर्णलरमल पराजुलीले २२ मत प्राप्त गर्नुभयो ।
अध्यक्षबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा कमला वली, उपाध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित हुनुभयो ।
त्यस्तै सदस्यमा रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, केवला भट्टराई, देवेन्द्र पराजुली, इन्दिरा ढकाल, सुषमा आचार्य, उषा केसी, डीआर राई र शान्ति न्यौपाने रिसाल निर्वाचित हुनुभयो ।
नयाँ कार्यसमिति निर्वाचित भएसँगै निवर्तमान अध्यक्ष राजेन्द्र केसी नेतृत्वको कार्यसमितिको कार्यकाल समाप्त भएको छ । नवनिर्वाचित कार्यसमितिले थप दुई सदस्य र केही सल्लाहकार मनोनित गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल २०२६ देखि २०२८ सम्म दुई वर्षको हुनेछ ।







