काठमाडौं,
भदौ ८ ।
सुदर्शन थापाको निर्देशन रहने नयाँ चलचित्र ‘शुभ विवाह’को क्यामेरा पूजाअर्चना गर्दै औपचारिक छायांकन सुरु गरिएको छ । निर्माण टोलीले पोखराबाट चलचित्रको सुटिङ थालेको हो । प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रमा प्रदीप खड्का र सनिशा भट्टराईको प्रमुख भूमिकामा अभिनय रहनेछ ।
चलचित्रमा प्रदीप र सनिशाका साथै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्राचार्य लगायतका कलाकारको अभिनय रहनेछ ।
सुप्रिया कटुवाल निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुनुहुन्छ । रोमान्टिक कथावस्तुमा आधारित यस चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेख्नुभएको हो भने पटकथा तथा संवाद रामशरण पाठकको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डिओपी), मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहनेछ । विक्रम स्वारको नृत्य निर्देशन रहने चलचित्रको ट्रेलर सम्पादन साहिल खानले गर्नुहुनेछ ।
आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शन हुने यस चलचित्रको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरण भीष्म फिल्मस् र श्रीराम बालाजीले गर्नेछन् ।







