एश्वर्णाको स्वरमा ‘जहिलेदेखि’ (भिडियोसहित)

ललितपुर,
भदौ ४ ।

एश्वर्णा श्रेष्ठको स्वरमा रहेको गीत ‘जहिलेदेखि’ सार्वजनिक गरिएको छ । शैलेन्द्र थापाको शब्द रचना, विनायक कार्कीको संगीत रहेको गीतको भिडियो ललितपुरस्थित मसला दरबारमा आयोजित एक विशेष कार्यक्रमबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रिमोट थिचेर सार्वजनिक गर्नुभएको हो ।

भिडियो सार्वजनिक समारोहमा प्रमुख अतिथि श्रेष्ठले चितवनबाट एउटी गायिकाको उदय हुनु सुखद कुरा भएको बताउनुभयो । उहाँले भिडियोका परिकल्पनाकार तथा निर्माण व्यवस्थापक केबीएस लुभुले म्युजिक भिडियोको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा केबीएस लुभुले स्वागत मन्तव्य राख्नुभएको थियो भने सिने पत्रकार विजयरत्न असंबरेले म्युजिक भिडियोको समीक्षा गर्नुभएको थियो ।

केबीएस प्रोडक्सन हाउसले निर्माण गरेको भिडियोको सम्पूर्ण कार्य लुभु वेभ म्युजिक इन्स्टिच्युट एन्ड स्टुडियोमा सम्पन्न भएको हो । बालमुकुन्द प्रजापतिको निर्देशन रहेको गीतको भिडियोमा गायिका एश्वर्णा श्रेष्ठसँगै विकेश महर्जन प्रमुख भूमिकामा देखिनुभएको छ । रोजिना नगरकोटी र सरिता तण्डुकारले पनि भिडियोमा अभिनय गर्नुभएको छ । गीतको भिडियो निर्वाण मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार