काठमाडौं,
साउन ३१ ।
हरितालिका तीज नजिकिँदै गर्दा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा पुजन काफ्लेको स्वर, शब्द तथा संगीतमा तयार भएको तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक भएको छ ।
काफ्लेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चेली-माइतीको आत्मीय सम्बन्ध, आमाले पकाएको दरको सम्झना, दिदीबहिनीको जमघट, आमा-बुबाको माया तथा परदेशी भाइको सम्झनाजस्ता पारिवारिक भावनालाई प्रस्तुत गरिएको छ ।
गीतमा जीआर बानियाँको संगीत रहेको छ । शिवन पोखरेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बिना राउतको मुख्य अभिनय तथा नृत्य छ । यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बराललगायतले पनि अभिनय गर्नुभएको छ ।
भिडियोको छायांकन दीपाल गिरी तथा सम्पादन र कलर मिलन विश्वकर्माले गर्नुभएको छ । भिडियो निर्माण तथा लगानी पुनम काफ्ले, यज्ञबहादुर काफ्ले र मैयादेवी काफ्लेले गर्नुभएको छ ।







