‘यस्तो छ ‘माया भनेकै यस्तो होला’को टिजर

काठमाडौं,
साउन ३० ।

रेखा थापा निर्देशित आगामी चलचित्र ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर सार्वजनिक गरिएको छ । टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

एक पुरुष पात्रको तीनजना महिला पात्रसँगको प्रेम, उनीहरूसँग विवाह, सम्बन्धको जटिलता, अपेक्षा र द्वन्द्वको कथालाई निर्देशक थापाले दृश्यभाषामा प्रस्तुत गर्नुभएको छ ।

यो चलचित्र हिन्दू महिलाको पर्व तीजको छेकोमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शनको लागि ठीक १ महिना बाँकी हुँदा टिजर सार्वजनिक गरिएको छ । युट्युबमा पनि टिजरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

चलचित्रमा नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र दिल श्रेष्ठको शीर्ष अभिनय छ । तीनैजना अभिनेत्री मिस नेपाल ब्युटी पेजेन्टका टाइटल विजेता हुनुहुन्छ । सृष्टि र नम्रताले वर्ल्ड र नीतिले इन्टरनेसनल विधामा मिस नेपालको ताज जित्नुभएको थियो ।

चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ र प्रकाश श्रेष्ठले गर्नुभएको हो भने नवराज श्रेष्ठ कार्यकारी निर्माता हुनुहुन्छ । दिया एन्ड अमु फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार