‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट

ललितपुर,
साउन ३० ।

भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको अभिनेत्री प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ले एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘ए’ श्रेणीमा वर्गीकरण गर्दै १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्र हेर्न पाउने गरी प्रदर्शन अनुमति दिएको हो ।

१४ अगस्ट २०२६ मा जारी प्रमाणपत्रअनुसार दुई घण्टा तीन मिनेट लामो लचित्र नेपालमा सार्वजनिक प्रदर्शनका लागि स्वीकृत भएको हो । प्रमाणपत्रमा धूमपान तथा मदिराजन्य पदार्थ प्रयोगका दृश्य भए स्वास्थ्यसम्बन्धी चेतावनी सन्देश अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख छ ।

सुवेन्दु घोषको निर्देशन रहेको चलचित्रका निर्माता आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुनुहुन्छ । चलचित्रको कथा प्रियंका कार्कीले लेख्नुभएको छ भने पटकथा शान बस्नेतको र संवाद प्रियंका तथा शानको संयुक्त लेखनमा तयार भएको हो ।

फ्यामिली ड्रामामा प्रियंका कार्कीसहित सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय छ ।

युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन र रोहित शाक्यको संगीत रहेको चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ । ‘मास्टर्नी’ भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार