गागलफेदीबाट पल शाहको ‘यानीमाया’

काठमाडौं,
साउन ३० ।

अभिनेता पल शाहको निर्माणमा तयार हुन लागेको चलचित्र ‘यानीमाया’को छायांकन शुक्रबारदेखि आरम्भ भएको छ । काठमाडौंको गागलफेदीस्थित फिल्म स्टुडियोमा शुभसाइत गर्दै छायांकन थालिएको हो । निर्माणपक्षका अनुसार यस चलचित्रको छायांकन ३५ दिनमा सकिनेछ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा लगायतका कलाकारको अभिनय रहनेछ । सामाजिक प्रेमकथामा आधारित चलचित्रमा चन्द्र ज्योती आले र पल शाहको लगानी रहेको छ ।

चलचित्रको छायांकन काठमाडौंमा १० दिन र त्यसपछि पर्वतमा गरिनेछ । निर्माणपक्षले चलचित्रलाई आगामी फागुन ७ गते रिलिज गर्ने घोषणा गरेको छ । चलचित्र निर्माणमा नयाँ अनुभव भइरहेको बताउँदै अभिनेता शाहले दर्शकमाझ उत्कृष्ट चलचित्र पस्कने बताउनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार