काठमाडौं,
साउन २७ ।
भावना आचार्य र डेभिड शंकरको स्वरमा रहेको तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ । भावनाकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा फिचर्ड हुनुहुन्छ । भिडियोमा महानायक हमाल र मोडल मन्जुको केमेस्ट्रि सुहाएको छ । उत्सब दाहालको छायांकन रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।







