यस्तो छ ‘चंगुल’को ट्रेलर

काठमाडौं,
असोज २ ।

चलचित्र ‘चंगुल’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब दुई मिनेट लामो ट्रेलरमा देशको राजनीतिक परिवर्तन र त्यससँग जोडिएका सामाजिक तथा समसामयिक विषयलाई कथाको केन्द्रमा राखिएको देखिन्छ ।

यही असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘चंगुल’को प्रचार शैली पनि अन्य चलचित्रभन्दा फरक देखिएको छ । केही दिनअघि चलचित्रको टिजर जेन-जी स्मृति सभाको मञ्चबाट सार्वजनिक गरिएको थियो । ट्रेलरमा समेत जेन्जी आन्दोलनसँग सम्बन्धित दृश्य र परिवेशलाई स्थान दिइएको छ ।

चलचित्र निर्माण पक्षले रिलिजको घोषणासँगै चलचित्रबाट प्राप्त नाफाको केही हिस्सा घाइते जेन-जी नेपाललाई सहयोग गर्ने तथा बाढीपीडितका लागि पनि रकम छुट्याउने बताउँदै आएको छ ।

मालती कार्कीको निर्माण र राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । बालकलाकार रिम्शा कार्कीको पनि चलचित्रमा अभिनय रहेको छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने दीपेन बस्न्यातले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हाल्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार