काठमाडौं,
असार ३२ ।
नेपालबाट पहिलो पटक फिफा वर्ल्डकप गीत सार्वजनिक गरिएको छ । नोभेम्बर १८, २०२२ कतारमा आयोजना हुन गईरहेको फिफा वर्ल्डकप लाई समेटेर नेपालबाट पहिलो पटक फिफा वर्ल्डकप गीत सार्वजनिक भएको हो । फुटबल महासंग्राम फिफा वर्ल्डकपको गीतहरू बिभिन्न देशका कलाकारहरूले तयार गर्ने सिलसिलामा नेपालबाट भने यो पहिलो गीत हो । अंग्रजी भाषामा तयार गरिएको यो गीतलाई पूर्ण राईले गाउनु भएको हो ।
सेभेन समिट फर फिफा वर्ल्डकप अभियानका लिडर नर्बिन मगरको नेतृत्वले फिफा ट्रफी (रेप्लिका), फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा र गायक पूर्ण राईले गाएको गीतलाई सगरमाथा चुचुरोमा सार्वजानिक गर्दै टिमले भिडियो समेत निर्माण गरेर फर्किएको छ । यो अभियानमा खेलकुद, विश्वशान्ती, पर्यटन र जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक नारा सहित विश्वको सात महादेशको अग्लो हिमालमा ट्रफी (रेप्लिका), झण्डा र टाईटल गीत पुर्याउने र सोही एतिहासिक सामाग्रीहररूलाई संग्राहलयमा राख्नेगरी फिफा संस्थालाई नेपालको तर्फबाट हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।
यस गीत लेखनमा नर्बिन मगर, सङ्गीत बिकास चौधरी तथा सङ्गीत सम्योजन सञ्जय हमालले गर्नुभएको छ । यो गीतसँगै भिडियो पनि टिमले युट्युबमार्फत सार्वजानिक गरिएको छ ।






