काठमाडौ,
असार ८ ।
राजेश पायल राई र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘मलाइ आफ्नै सम्झिएर…’ सार्वजनिक भएको छ । राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=uArOdWt-xqc&feature=emb_logo
युगल जोडीको वियोगको कथामा गीत ‘मलाइ आफ्नै सम्झिएर’ को भिडियो तयार भएको छ । भिडियोमा विनोद श्रेष्ठ र दीपशिखा फिचर्ड छन् ।
गीतको भिडियो बिक्रम कुमार श्रेष्ठले सम्पादन गरेका हुन् । छायांकन र निर्देशन भने भेषबन्धु ढकालले गरेका छन् । भिडियो बीएस नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ ।






