काठमाडौं,
कात्तिक २२ ।
हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वर रहेको गीत ‘तिहारै झिलिलि’ सार्वजनिक भएको छ । अनिल खनालको शब्द रचना र हेमराजकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश सिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा भिडियोमा लोकेश बि.सी., प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्प सेन्चुरी, आशिष ओली, बाद शाह, सुस्मिता खत्री लगायतका कलाकारको अभिनय तथा नृत्य रहेको छ ।
सरोज ठकुरीको छायांकन, राजेश कुमारको सम्पादन र सुवास गौतमको सहायक निर्देशन रहेको भिडियोमा परम्परागत भैलीको वातावरण, नेपाली मौलिक पहिरन र तिहारको उल्लास प्रस्तुत गरिएको छ ।







