महिला चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा सम्मान

काठमाडौं, चैत २१ । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीका अवसरमा देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूलाई विशेष सम्मान प्रदान गरेको छ । ‘अग्रणी महिला सम्मान’ कार्यक्रममा राजनीति,......

नेपाल प्रहरीमा जवानदेखि डीएसपीसम्मको आवेदन माग

काठमाडौं, चैत २० । प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदमा आवेदन खुलाएको छ । शुक्रबार सूचना जारी गर्दै प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी......

आजदेखि एसइई परीक्षा, पाँच लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं, चैत १९ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका......

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमडौं, चैत १४ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उहाँलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उहाँलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । शुक्रबार नयाँ सरकार......

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमडौं, चैत १४ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ । मन्त्रिपरिषदको निर्णय र कागजातसहित राति नै निवासमा पुगेको प्रहरी टोलीले लेखकलाई शनिबार विहान पक्राउ गरेको हो । भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको......

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, चैत १२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको......

ज्येष्ठ सदस्य केसीलाई आज राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउँदै

काठमाडौं, चैत ११ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने हुनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम......

एनआरएनएमा चार वर्षे विवादपछि ऐतिहासिक एकता, पूर्व अध्यक्ष आर.के. शर्माको समर्पणले संस्थामा नयाँ अध्याय

काठमाडौं, चैत ७ । करिब चार वर्ष लामो आन्तरिक विवाद र विभाजनको अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन ऐतिहासिक एकतासहित सम्पन्न भएको छ । मार्च १४, १५ र १६ मा आयोजित महाधिवेशनले......

असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ७ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र......

चैत १२ मा नवनिर्वाचित सांसदहरूको शपथ

काठमाडौं, चैत ६ । नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण......