नायक, गायक श्याम कुमार मिश्र सम्मानित

कपिलवस्तु,

फागुन २२

भारतको नगर पंचायत बढ़नीमा आयोजित होली मिलन समारोहमा सहाभागी हुनुका साथै उक्त कार्यक्रममा लुम्बिनी क्षेत्रका विधायक फखरुद्दीनद्वारा ‘सिध्दार्थरत्न’बाट नायक, गायक श्याम कुमार मिश्र सम्मानित भएका छन् ।

उनलाई कलाकारीताको क्षेत्रबाट पुराएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरेको हो । एक दशक देखि गायन र अभिनयको क्षेत्रमा निरन्तर कृयाशिल मिश्र अभिनित पछिल्लो चलचित्र ‘ब्वाईफ्रेण्ड’ प्रदर्शनको तयारीमा रहेको छ ।

भोजपुरी गीत, संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका मिश्र नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन् । ब्वाईफ्रेण्ड चलचित्रमा समावेश गरिएकोे भोजपुरी गीत ‘तेरी लच्के लि जब कमरिया, बल खाए जै जेसन नगेनिया…’ युटुवबाट सार्वजनिक भएयता उनको चर्चा अझ चुलिदो छ ।

यसमा तपाइको मत

अन्य समाचार