काठमाडौं,
साउन १० ।
‘यस्तै पोई परोस्’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । सहिमा श्रेष्ठको स्वर, युवराज काफ्लेको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गतिको भिडियोमा तेजुला खतिवडा, रुपेश उप्रेती लगायतका कलाकारको अभिनय छ ।
भिडियोलाई सुरेन्द्र बेसलले कोरियोग्राफी गर्नुभएको छ भने भूपेन्द्र थापा मगरको छायांकन, माधव बेल्बासेको सम्पादन तथा प्रहिल कार्कीको सिनेम्याटोग्राफी एवं निर्देशन छ ।






