काठमाडौं,
चैत ६ ।
बाह्र वर्ष पछि खोला पनि फर्किन्छ भन्ने उखान जस्तै कुनै समयको मारुनी ब्याण्ड पोखराका गायक यम पुन १५ वर्ष पछि न आउ अब त बुझिसके… भन्दै दर्शक÷स्रोतामाझ आएका छन् । युट्युव मार्फत सार्वजनिक गरिएको यमकै संगीत रहेको यो गीतलाई धनबीर थापाले लेखेका हुन् ।
गीतको भिडियोमा देवराज आले र नमीता तामाङले अन स्क्रिन रोमान्स गरेका छन् । राजेन्द्र पाण्डेको निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको यो म्युजिक भिडियोलाई भकारी म्युजिक डेभलपमेन्ट कम्पनीले बजारमा ब्यस्थापन गरेको छ । ललितपुर र काठमाडौंका बिभिन्न रमणिय स्थानहरुमा म्युजिक भिडियो छायाँकन भएको छ ।
‘मेरो लामो समय पछिको क्रिएशनलाई पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने मैले आशा लिएको छु’, यमले भने । एउटा राम्रो गायक यमलाई हामीले गीत संगीतका पारखीहरु माझ ल्याएका छौ, गीत र गीतको भिडियो निक्कै राम्रो छ भकारी म्युजिकका सञ्चालक बसन्त वित्यासी थापाले भने ।






