आयुषले चुमे पतंजली सुरशाला आइडल जुनियरको उपाधि

काठमाडौं
चैत ५ ।

सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा भएको पतंजली सुरशाला आइडल जुनियरकोको उपाधि मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सीले चुमेका छन् ।

उनले उपाधिसँगै पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०, ००० गरि जम्मा नगद रु १ लाख १ हजार नगद पुरस्कार सहित ३, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार पनि जितेका छन् । तयस्तै उनले सी टि भी मोबाइलको तर्फबाट मोबाइल गिफ्ट हयाम्पर जितेका छन् । त्यसैगरी ज्ञान निकेतनमा अध्यनरत काठमाडौंका स्रजल महर्जन यु ट्युब मा सबै भन्दा बढी दर्शक भोट पाएर पब्लिक चोइस अवार्डको बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०, ०००र १५, ००० गरि जम्मा नगद रु ६६,००० नगद पुरस्कार सहित १, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरस्कार जितेका छन् । त्यसै गरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हँसिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ००० गरि जम्मा नगद रु ७१,००० नगद पुरस्कार सहित २, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) पुरुस्कार जितेका छन् ।
यसैगरी उक्त प्रतियोगितामा चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थान चुम्न सफल भएका छन् । उनीहरुले सुरशालाको तर्फबाट नगद रु १०÷१० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति र सीटीभी मोवाइल वल्र्ड एपल वल्र्ड का तर्फबाट मोबाइल गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाइ नै गीति अल्बम र टप ५ लाइ म्युजिक भिडियो को अवसर, लोकप्रिय संगीतकार आलोकश्री का तर्फबाट टप ७ लाइ गीति अल्बम को अवसर पाउनेछन ।

देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए र उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट गरिएको हो । रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधानको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, नरहरि प्रेमी लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावक हरुको उपस्थित रहेको थियो ि यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमत शर्मा, राज सिग्देल र जुन प्रसाईं हुनुहुन्थ्यो भने अमन प्रधान सुप्रिया मास्के का साथमा नरेश भट्टराई ले कायक्रम संचालन गर्नुभएको थियो । कार्यक्रमका निर्देशक गायक अमृत छेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिदै सुरशाला फाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताए । पहिलो कार्यक्रमको अपार सफलता पछि सुरशाला आइडल जुनियर दोस्रो चाडै नै शुरु हुने घोषणा समेत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार