नेपथ्यको सिक्किम कन्सर्टको चिफ पेट्रोनमा सञ्जित

काठमाडौं,
असोज १४ ।

आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुने ‘नेपथ्य लाइभ इन सिक्किम : लेट्स गेट लाउड-सेलिब्रेट सिक्किम’ मा सञ्जित खरेल चिफ पेट्रोनका रूपमा रहने हुनुभएको छ । सिक्किममा नेपथ्यले पहिलोपटक प्रस्तुति दिन लागेको हो । कार्यक्रमका लागि पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र खरेलबीच भएको भेटपछि उहाँलाई चिफ पेट्रोन बनाउने सहमति भएको हो ।

भेटमा कन्सर्टसँगै सांस्कृतिक पर्यटन, रचनात्मक अर्थतन्त्र तथा सिक्किमलाई ठूला सांगीतिक र सांस्कृतिक कार्यक्रमको गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे छलफल भएको आयोजकले जनाएको छ ।

पीभीई नेटवर्कले गतवर्ष १५ नोभेम्बरमा सिक्किममा ‘लेट्स गेट लाउड फिचरिङ सज्जन राज वैध’ आयोजना गरेको थियो । उक्त कार्यक्रममा दुई हजारभन्दा बढी दर्शक सहभागी भएको र तीन करोड भारतीय रुपैयाँभन्दा बढीको स्थानीय आर्थिक गतिविधि भएको आयोजकको दाबी छ । आयोजकका अनुसार आगामी नेपथ्य कन्सर्टमा दार्जिलिङ, कालिम्पोङ, खरसाङ, सिलिगुडी, उत्तरपूर्वी भारत, नेपाललगायत क्षेत्रबाट दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार