कलाकार र मुटु रोग विशेषज्ञबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं,
असोज १४ ।

विश्व मुटु दिवसका अवसरमा ‘स्वस्थ मुटु, स्वस्थ जीवन’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले नेपाल चलचित्र कलाकार संघ र कार्डियाक सोसाइटी अफ नेपालबीच मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको छ । काठमाडौंको हात्तीगौंडास्थित मैदान फुटसलमा आयोजित कार्यक्रममा कलाकार तथा चिकित्सकहरूबीच मैत्रीपूर्ण खेलसँगै मुटु स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत गरिएको थियो ।

कलाकार संघका तर्फबाट टिम कप्तान धिरेन शाक्यसहित आकाश श्रेष्ठ, डि.बी. आले, डम्बर नेपाली, बद्री पंगेनी, पवन गुरुङ, रामशरण जंगम, रविन्द्र खड्का, उत्तम केसी, शिवहरि नेपाल ‘बैरागी’, दिनेश डिसी, दिनेश कार्की, सुनिल कटुवाल, जीवन थापा, इन्द्रबहादुर लामा ‘खम्बे’, गोपाल ढकाल ‘छन्दे’, पूजना प्रधान गुरुङ, चन्द्रकला राई, श्रीदेव भट्टराई, नारायण प्रधान, धर्मेन्द्र आचार्य, नवराज दूरा वैद्यलगायतका सहभागी हुनुभएको थियो ।

त्यस्तै, कार्डियाक सोसाइटी अफ नेपालका तर्फबाट टिम कप्तान डा. रिजु मानन्धरसहित डा. चन्द्रमणि अधिकारी, डा. कुन्साङ शेर्पा, डा. चन्द्रमणि पौडेल, डा. राममणि गजुरेल, डा. अमृत बोगटी, डा. निरल तिमल्सिना, डा. पारस कोइराला, डा. प्रवेश राजथला, डा. आनन्द खनाल, डा. निशेष बस्नेत, डा. रणजित बराल, डा. सफल राजभण्डारी, डा. अञ्जन आचार्य, डा. श्रीधर भट्टराई, डा. सोवित खड्का, डा. शिल्पा अर्याल, डा. अञ्जन विष्ट, डा. रवि शर्मालगायतको सहभागिता थियो ।

कार्यक्रममा मुटुलाई स्वस्थ राख्न नियमित शारीरिक व्यायाम, सक्रिय जीवनशैली तथा स्वस्थ खानपानमा ध्यान दिनुपर्नेमा चिकित्सकहरूले जोड दिएका थिए । डा. चन्द्रमणि अधिकारी र डा. रिजु मानन्धरले मुटु स्वास्थ्यका लागि अपनाउनुपर्ने उपाय तथा नियमित व्यायामको महत्त्वबारे जानकारी गराउनुभएको थियो ।

पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, कार्यक्रम संयोजक तथा कलाकार संघका पूर्वअध्यक्ष एवं सल्लाहकार रविन्द्र खड्का र कलाकार धिरेन शाक्यले पनि नियमित खेलकुद तथा व्यायामले मुटुलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको संयोजन कलाकार संघका पूर्वअध्यक्ष तथा सल्लाहकार रविन्द्र खड्काले गर्नुभएको थियो भने सहजीकरण संघका सचिव गोपाल ढकालले गर्नुभएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले धन्यवाद व्यक्त गर्नुभयो । हात्तीगौंडास्थित मैदान फुटसलले कार्यक्रमका लागि मैदान निःशुल्क उपलब्ध गराएको थियो । विश्व मुटु दिवस प्रत्येक वर्ष सेप्टेम्बर २९ मा मनाइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार