सबै उमेरकाले ‘पार्वती’ हेर्न पाउने

काठमाडौं,
भदौ ६ ।

नायिका नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको चलचित्र ‘पार्वती’ले फिल्म सेन्सर बोर्डबाट ‘युनिभर्सल’सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर चलचित्र हेर्न पाउनेछन् ।

चलचित्र यही भदौ १२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ । निर्देशक नीताले ‘पार्वती’ सानोदेखि हजुरबुबा-हजुरआमासम्म सबैले हेर्न मिल्ने भएकोले ‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको चलचित्र हेर्न आग्रह गर्नुभएको छ ।

अटिजम भएकी दिदी र भाइबीचको कसिलो माया र स्नेहको कथामा बनेको यस चलचित्रमा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको कथा तथा पटकथा स्वयं निर्देशक नीता ढुङ्गानाले तयार पार्नुभएको हो भने डाइलग र स्क्रिप्ट शिवम् अधिकारीले लेख्नुभएको हो । सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रमा साहिल खानको सम्पादन छ । हरिहर अधिकारी निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार