सुनाकोठीमा भीमसेन जात्रा हुँदै

ललितपुर,
भदौ ७ ।

सुनाकोठी क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्वकै अग्लोमध्ये एक मानिएको आराध्यदेव भीमसेन (भिंद्यो)को नवौं स्थापना दिवस तथा भिं द्यो पूजा भदौ २० गते शनिबार भव्य रूपमा मनाइने भएको छ ।

सुनाकोठी समाजको आयोजनामा हुने जात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका सदस्य रुपेश डंगोलले जानकारी दिनुभयो । समाजका विनोद डंगोलका अनुसार वार्षिक रूपमा आयोजना हुँदै आएको भीमसेन जात्रालाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ ।

मच्छेगाउँको एक खोंचबाट ल्याइएको करिब ६० टनको एकै ढुंगाबाट लामो मिहिनेतपछि भीमसेनको मूर्ति निर्माण गरिएको आयोजकले जनाएको छ । जात्रालाई यसवर्ष विशेष तामझामका साथ मनाउने तयारी गरिएको छ । आयोजक समितिका सदस्य डंगोल गायकसमेत हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार