‘खोज तलास’को पोस्टर सार्वजनिक

काठमाडौं,
भदौ ६ ।

यल्लि वूड फिल्म्स प्रालिको निर्माणमा बनेको चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वले संयुक्त रूपमा चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।

स्टेट मेम्बर स्टेबिन रागा, चलचित्र निर्देशक किशोर सुब्बा, व्यवसायी तथा समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासी जनजाति महासंघ अमेरिकाका महासचिव सुमन थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बु तथा नेपाली कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राईले संयुक्त रूपमा पोस्टर सार्वजनिक गर्नुभएको थियो ।

दिनेश लिङ्देनको कथा तथा निर्देशन रहेको चलचित्रले देशको वर्तमान राजनीति तथा विभिन्न सामाजिक घटनालाई कथाको आधार बनाएको निर्देशक लिङ्देनले बताउनुभयो । उहाँका अनुसार चलचित्रमा समसामयिक राजनीतिक तथा सामाजिक विषयलाई कथामार्फत प्रस्तुत गरिएको छ ।

चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बु, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुम, शर्मिला शर्मा, रोहन सेन्चुरी, पूर्ण सेलिङ, पूजा गिरी, यासेलि योङहाङ, सागर केरुङ, दिलिप योङहाङ, राजु घिमिरे, तेज मेन्याङ्बो, बिमल ढुङ्गेल लगायतका कलाकारको अभिनय छ ।
शैलेन्द्र नाल्बो निर्माता रहेको चलचित्रमा विकास चौधरीको संगीत तथा राजेशपायल राई, मेचु धिमाल र सुवास राईको स्वर छ । चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन तथा हेमन योञ्जनको छायांकन छ ।

निर्देशक लिङ्देनका अनुसार चलचित्रको बेलायतमा छिट्टै प्रिमियर शो आयोजना हुँदैछ । प्रिमियरको तयारीका लागि निर्माता शैलेन्द्र नाल्बो बेलायत पुग्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार