आठ दलद्वारा अग्रगामी मोर्चा घोषणा

काठमाडौं,
साउन २३ ।

आठ राजनीतिक दलले शनिबार काठमाडौंमा अग्रगामी मोर्चा घोषणा गरेका छन् । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अवधारणापत्र जारी गर्दै मोर्चा गठनको घोषणा गरेका हुन् ।

मोर्चा घोषणा कार्यक्रममा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. सीके राउत, जनार्दन शर्मा, रेशम चौधरी, प्रभु साह, सन्तोष परियार र रिजवान अन्सारीलगायत नेताहरूको सहभागिता थियो ।

यसमा तपाइको मत

अन्य समाचार