एनपीएलको तेस्रो संस्करण कात्तिक दोस्रो सातादेखि

काठमाडौं,
साउन २४ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने भएको छ । नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण मितिबारे जानकारी दिनुभएको हो ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने सचिव खड्काले जनाउनुभएको छ ।
एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन् । केही टोलीले विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार