धवलशम्शेरले गरे ‘जय नेपाल पार्टी’ गठनको घोषणा

काठमाडौं,
साउन २१ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाले ‘जय नेपाल पार्टी’ गठनको घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राणाले नवगठित पार्टीले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डा बनाउने बताउनुभयो । उहाँका अनुसार पार्टीले सनातन धर्मलाई आधार मान्दै किराँत, बौद्धलगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति अवलम्बन गर्नेछ ।

राणाले राजनीतिक हस्तक्षेप नगर्ने, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि सडक र संसदीय दुवै माध्यमबाट शान्तिपूर्ण रूपमा संघर्ष गर्ने बताउनुभयो ।

उहाँले पार्टीलाई युवा र महिला केन्द्रित बनाइने, केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गरिने तथा जिल्ला र निर्वाचन क्षेत्रबाटै नेतृत्व विकास गरिने जानकारी दिनुभयो । साथै, साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार