देविकाले ल्याइन् ‘रातो सारी झल्कियो बरिलै’ (भिडियोसहित)

काठमाडौं,
साउन १५ ।

वरिष्ठ गायिका देविका बन्दनाको स्वरमा रहेको तीज गीत ‘रातो सारी झल्कियो बरिलै’ सार्वजनिक गरिएको छ । गीतमा देविका बन्दनासँगै चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र एलिना चौहानको स्वर रहेको छ । उषा शेरचनको शब्द रचना रहेको गीतमा नरहरि प्रेमी उपाध्यायको संगीत छ । गीतको संगीत संयोजन राकेश सोनीले गर्नुभएको हो । अकेस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गर्नुभएको हो ।

गीतको भिडियोमा वरिष्ठ कलाकार तथा चलचित्र कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसाल, पहिलो नेपाली रंगीन चलचित्र कुमारीकी नायिका चैत्य देवी तथा लोकप्रिय ट्याटु आर्टिस्ट एवं कलाकार सुनिता कुँवरको अभिनय छ । साथै गायिका मञ्जु पौडेल, अनिता यादवलगायत कलाकारहरूको अभिनय र नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सृष्टि घिमिरेले गर्नुभएको हो । छायांकन देवराज आचार्यले गर्नुभएको छ भने सम्पादन, कलर ग्रेडिङ र ग्राफिक्स मनोज कार्कीले गर्नुभएको हो भने मेकअप टेकराज पाण्डेको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार