दश नेपाली चलचित्र निःशुल्क प्रदर्शन गर्दै विकास बोर्ड

काठमाडौं,
साउन १४ ।

चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रहरूको विशेष निःशुल्क प्रदर्शनी आयोजना गर्ने भएको छ । साउन २२ देखि २७ गतेसम्म बोर्ड परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली चलचित्र इतिहासका महत्त्वपूर्ण १० चलचित्र प्रदर्शन गरिन लागिएको हो ।

तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका चलचित्रहरू दर्शकमाझ पुनः प्रस्तुत गरिने बोर्डले जनाएको छ ।

प्रदर्शनीमा ‘आमा’, ‘सिन्दुर’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिनेछ ।

नेपाली चलचित्रको ऐतिहासिक विरासत संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहने भए पनि सिट सीमित भएकाले अग्रिम रूपमा सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार