प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित

काठमाडौं,
साउन १४ ।

प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई सभाले स्वीकृत गरेको हो ।

साथै, सभाले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

यससँगै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार