‘ककाकिकी’को लिरिकल थिम गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन १४ ।

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आदित्य प्रधानको स्वर तथा शिशिर थतालको शब्द र संगीत छ ।

यसअघि सार्वजनिक फस्ट लुक भिडियो र पोष्टरले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेका थिए । विशेषगरी गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको क्यारेक्टर लुकले दर्शकको ध्यान तानेको निर्माण टिमले जनाएको छ ।

बिक्की अगरवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुनमगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायतका कलाकारको अभिनय छ । निर्माण टिमले अब चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार