काठमाडौं,
साउन १४ ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
सरकारले बिजनेस नदिएपछि गएको असार ३१ गते प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । १५ दिन स्थगित भएको बैठक आज बस्न लागेको हो ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।






