‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को घोषणा

काठमाडौं,
साउन ११ ।

नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुनेभएको छ । आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको आयोजनामा पहिलोपटक कन्टेन्ट क्रिएटरलाई केन्द्रमा राखेर हुनलागेको उक्त अवार्डको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरको आवेदन प्राप्त भएको जनाइएको छ । प्राप्त कन्टेन्टको मूल्यांकनपछि उत्कृष्ट १०० प्रतिस्पर्धीलाई अन्तिम चरणमा छनोट गरिनेछ भने आगामी साता मनोनयन सूची सार्वजनिक गरिने जनाइएको छ ।

ग्राण्ड फिनालेमा १० विधामा अवार्ड प्रदान गरिनेछ । प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेकनारायण भट्टराई रहनुभएको छ । आयोजकका अनुसार अवार्डले नेपाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार