नेपाल कराते महासंघअन्तर्गत वर्ल्ड काता एसोसिएशन नेपाल गठन, अध्यक्षमा विजय

काठमाडौं,
जेठ १६ ।

नेपालमा मार्शल आर्टका विभिन्न आत्मरक्षा विधालाई समेटेर सञ्चालन हुँदै आएको वर्ल्ड काता संघले नेपाल कराते महासंघको सदस्यता तथा सम्बन्धन प्राप्त गरेको छ । महासंघको सदस्यता प्राप्त गरेसँगै वर्ल्ड काता एसोसिएशन नेपालको शाखा गठन गरिएको हो ।

शाखाको अध्यक्ष तथा संयोजकमा विजय कुमार बस्नेत तोकिनुभएको छ । अध्यक्ष बस्नेतको नेतृत्वमा केन्द्रीय कार्यसमिति तथा प्रदेश प्रमुखहरूको अनुमोदनसमेत गरिएको जनाइएको छ ।

नवनिर्वाचित कार्यसमितिअनुसार उपाध्यक्षमा चित्रबहादुर राना, बद्रीकुमार खत्री र इमानसिंह बस्नेत चयन हुनुभएको छ । महासचिवमा पुष्पराज गिरी तथा कोषाध्यक्षमा विपना राई चयन हुनुभएको छ ।

त्यसैगरी केन्द्रीय सदस्यहरूमा मञ्जु गुरुङ न्यौपाने, उद्धव नेपाली, कामीसिंह घिसिङ, गणेशबहादुर तामाङ र प्रकाश कुँवर मनोनित हुनुभएको छ ।

संघले सातै प्रदेशका प्रमुखसमेत नियुक्त गरेको छ । जसअनुसार कोशी प्रदेशमा जंगबहादुर पुरी, मधेश प्रदेशमा अर्जुनप्रसाद मैनाली, बागमती प्रदेशमा नवराज पोखरेल, गण्डकी प्रदेशमा अनुप बस्नेत, लुम्बिनी प्रदेशमा प्रेम कार्की, कर्णाली प्रदेशमा संसदबहादुर खत्री तथा सुदूरपश्चिम प्रदेशमा रामहरि गिरी नियुक्त हुनुभएको छ ।

संघले देशभर वर्ल्ड काताको विस्तार, प्रशिक्षण तथा आत्मरक्षा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । साथै कराते तथा अन्य मार्शल आर्ट विधाको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार