नइ एकेडेमीलाई श्रेष्ठ दम्पतीको सहयोग

काठमाडौं,
फागुन १ ।

ख्यातिप्राप्त समाजसेवी तथा नेपाल सरकारका पूर्वसचिव एवं अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा. कुशनारायण श्रेष्ठ र साहित्यकार विजय मल्लकी छोरी डा. उमा श्रेष्ठले नइ एकेडेमीलाई पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

श्रेष्ठ दम्पतीले प्रदान गर्नुभएको उक्त रकम विजय मल्लको शताब्दी महोत्सव आयोजना तथा कार्यक्रम सञ्चालनमा खर्च गर्ने निर्णय गरिएको नइ एकेडेमीका जनाएको छ ।

एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार साहित्यकार विजय मल्लको योगदानलाई स्मरण गर्दै शताब्दी महोत्सव भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

प्राप्त सहयोगले महोत्सवका विभिन्न प्राज्ञिक तथा साहित्यिक कार्यक्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । नइ एकेडेमीले श्रेष्ठ दम्पतीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै साहित्यिक क्षेत्रप्रतिको उहाँहरूको समर्पण प्रशंसनीय रहेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार