यस्तो छ ‘रमिताको पिरती’को ट्रेलर

काठमाडौं,
माघ १२ ।

सुदिप्ताको डेव्यु निर्देशकिय चलचित्र ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रेम र धोकाको कथा प्रस्तुत गरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

निर्देशक सुदिप्ताले चलचित्रलाई लभस्टोरी भन्दा पनि ब्रेकअप पछिको कथाका रुपमा बुझ्न आग्रह गर्नुभयो । ‘नेपाली चलचित्रमा केटा अर्थात् हिरोको तर्फबाट थुप्रै लभस्टारी फिल्म निर्माण भएका छन् । मैले महिलाको परसेप्सनबाट कथा भनेकाले दर्शकलाई नयाँ अनुभव हुनेछ । एउटा केटी ब्रेकअप पश्चात कस्तो माइण्ड सेट हुन्छ । उसले के-के भोग्छ । त्यो कथालाई फरक रुपमा प्रस्तुत गरेको छु्’, उहाँले भन्नुभयो ।

अभिनेत्री आना शर्माले कथामा आफूलाई अफर आएपछि करिब ६ महिना निर्देशक सुदिप्तासँग बसेर पात्र अनुसार आफूलाई ढालेको बताउनुभयो । अभिनेता धिरज मगरले आफूले पछिल्लो समयमा हिरो सेन्ट्रिक नभई हिरोइन वा महिला पात्रको माध्यमबाट भनिने कथामा बढि काम गरेको बताउनुभयो ।

यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको गायक समीर श्रेष्ठको डेब्यू अभिनय छ । सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामोलगायत कलाकारको पनि अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यस चलचित्रमा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशकसमेत रहनुभएका सुवास कोइराला सह-निर्माता हुनुहुन्छ भने सागर लम्साल निर्माता रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार