एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं,
पुस २६ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो ।

सोही निर्णयअनुसार आजदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ ।

यसमा तपाइको मत

अन्य समाचार