✍️ विजय बराल
काठमाडौं, ४ असोज
सहनेहरू जब बोल्छन
आवाज एकदम चर्को हुन्छ ।
जब थुन्न खोजिन्छ आवाज
तब मुठ्ठी बुलन्द बन्छ ।
उसो त कथा पहिल्यै लेखिएको थियो
लेख्ने तिनीहरू नै थिए
जो भन्थे हामीलाई- यो त नाटक न हो ।
चोर औंला तेर्स्याएर
नाटक र नौटंकीको अट्टाहास गरिरहे उनीहरू ।
तर यसपटक रंगमञ्च- सडकमै उत्रियो ।
यो केवल क्रोध थिएन ।
थियो- धैर्यताको सीमा नाघ्दै गर्दाको पीडा ।
केवल उमेरको जोश थिएन-
थियो- बर्षौको निन्द्रापछी खुलेको चेतना ।
हामी त सिर्फ कलाकार हौं-
देखाईरहन्छौ ऐना ।
देखाईरहन्छौ पर्दामा शासकको चरित्र ।
गुन्जाईरहन्छौ आफ्नो गीत- चर्को, झन चर्को ।
…र प्रत्येकपटक-बदलिरहन्छ शासक ।






