‘गुनासो’ लिएर आइन् नेपाल आइडल-६ विजेता गंगा सोनाम (भिडियोसहित)

काठमाडौं,
भदौ २१ ।

केही दिन अघिमात्र छैठौं संस्करणको नेपाल आइडलको उपाधि जित्न सफल गायिक गंगा सोनाम यतिबेला चर्चामा हुनुहुन्छ । उपाधि जितेदेखि उहाँलाई वधाइको ओइरो लागिरहेको छ । विभिन्न गीतकार तथा सङ्गीतकारहरूले उहाँलाई आफ्ना गीतमा स्वरवद्ध गराउने होडवाजी नै चलेको छ ।

यसैबीच, यीनै सुरिलो स्वरकी धनी गायिका सोनाम आफ्नो साङ्गीतिक जीवनकै पहिलो औपचारिक एकल गीतमार्फत दर्शक तथा स्रोतामाझ आउनुभएको छ । ‘गुनासो’ बोलको उक्त गीत सार्वजनिक गरिएको छ ।

गीतकार प्रदीप चापागाईँको प्रस्तुतिमा उहाँकै शब्दमा तयार भएको यो गीतलाई सङगीतकार लेखु सहयात्रीले सङ्गीतवद्ध गर्नुभएको छ ।
यो गीतको भिडियोलाई निकेश खडकाले निर्देशन गर्नुभएको छ । भिडियो अभिनेता राज कटुवाल तथा अभिनेत्री सनिशा भट्टराईको जोडिलाई फिचर गरिएको छ ।

उत्सव दाहालको छायांकन तथा विकास धमलाको सम्पादनमा तयार भएको यो भिडियोलाई गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार